अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सोमबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ६ सय ८० नमूनाको कोरोना परिक्षण गरिएकोमा १० जना र पीसीआर बिधिबाट २ सय २५ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ७ सय ५७ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यसैबिच प्रदेशमा पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार २ सय ८१ पुगको छ ।


















