खाेज्नुहाेस

देशभर ३ हजार ४५१ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

Image

काठमाडौँ – नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९६१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

attariya hospital
navjiwan hospital

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ ।

यस सँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । देशभर हालसम्म ३९ हजार ३७१ जना सक्रिय संक्रमित छन् ।

सोमबार २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । गत चौबीस घन्टामा १० हजार ९३ पीसीआर तथा ५ हजार ५१८ एन्टिजेन परीक्षण भएको छ ।