खाेज्नुहाेस

कोरोना अपडेट सुदूरपश्चिम : १६ थपिदा ३७ जनाले कोरोना जिते, १ को मृत्यु

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ९ सय ७६ नमूनाको कोरोना परिक्षण गर्दा ६ जना र पीसीआर बिधिबाट ४२ नमूनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ७ सय १७ पुगेको छ ।

attariya hospital

स्वास्थ्य निर्देशनालय डोटीले आईतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाले कोरोना जितेका छन । यससंगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार २ सय ४० पुगेको छ ।

निर्देशनालयको अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका –१८ की ५० बर्षिय महिला रहेकी छिन् । यो संगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ८० पुगेको छ ।