खाेज्नुहाेस

कोरोना प्रभाव : पश्चिमी सीमानाका भएर आउने विदेशी पर्यटक नगण्य

Image

कञ्चनपुर – कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमानाका गड्डाचौकी भएर यस वर्ष दुई पर्यटक मात्रै भित्रिएका छन् । भारतस्थित नेपाली राजदूतावासबाट अनुमति लिएर आएका दुई जना भारतीय पर्यटक अगस्त महीनामा भित्रिएका थिए ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमानाका हुँदै भारततर्फ गएका छन् ।

attariya hospital

कोरोनाको दोस्रो लहर शुरु भएपछि सीमानाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए ।
उनका अनुसार सन् २०२० को जनवरीदेखि डिसेम्बर महीनाको अवधिमा सीमानाका भएर ६२० पर्यटक नेपाल भित्रिएका थिए । सोही अवधिमा ५१९ पर्यटक भारततर्फ गएका थिए ।

navjiwan hospital

कोरोनाको पहिलो लहर शुरु हुनुभन्दा अघि सीमानाका हुँदै प्रतिवर्ष दुई हजारको हाराहारीमा पर्यटक नेपाल भित्रिने गरेका थिए । सोही संख्यामा पर्यटक भारततर्फ जाने गरेका थिए ।

‘कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सीमानाका बन्द गरिँदा पर्यटक आउन पाएनन्’, अध्यागमन कार्यालयका सूचना अधिकारी भट्टले भने, ‘हाल सीमानाका भएर नेपाल र भारतका व्यक्तिलाई मात्रै जान दिइने गरेको छ ।

दूतावासबाट अनुमति लिएर आएका विदेशीलाई मात्रै सीमा प्रवेश दिइने गरेको छ ।’ अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१९ मा सीमानाका भएर दुई हजार ९३४ पर्यटक भित्रिएका थिए । सोही अवधिमा दुई हजार २९२ पर्यटक सीमानाका हुँदै बाहिरिएका थिए ।

सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएकोमा दुई हजार २२२ पर्यटक बाहिरिएका थिए । सन् २०१७ मा दुई हजार ७४५ आएका, एक हजार ७८९ बाहिरिएका थिए ।

सन् २०१६ मा दुई हजार ५६२ पर्यटक भित्रिएका थिए । सोही अवधिमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अध्यागमन कार्यालयका कर्मचारीका अनुसार कोरोनाको संक्रमण नरोकिँदासम्म विदेशी पर्यटक आउने सम्भावना छैन । विदेशी पर्यटक नआएपछि राजस्व संकलनसमेत प्रभावित भएको छ ।
रासस