काठमाण्डौं – नेपालमा थप २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख पाँच हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२५९ पुगेको छ ।


गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका सबभन्दा बढी सङ्ख्यामा सङ्क्रमित बनेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,५७३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।



















