गौरापर्व मनाउँदा भीडभाड नगर्न आग्रह
दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले गौरापर्व मनाउँदा भीडभाड नगर्न आग्रह गरेको छ । कोभीड १९ संकट व्यवस्थापन समितिको बैठकले गौराको समयमा हुन सक्ने भीडभाडलाई रोक्ने यस्तो आग्रह गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौरापर्वमा भीडभाड नगर्न आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
त्यस्तै कोरोनाको संक्रमणबाट जोगाउन जिल्लाका सबै स्थानीय तहले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टाइन र आइसोलेशनलाई व्यवस्थित गर्ने र निर्माण नगरेका स्थानीय तहमा तत्काल निर्माणका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
जिल्लाभित्र कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई ध्यानमा राखी सबै नागरिकहरुलाई सतर्क र सजग रहन अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए ।