संगठनविरुद्ध लाग्नेविरुद्ध लाग्नेलाई कारबाही हुन्छ : उपाध्यक्ष अधिकारी
धनगढी – नेपाल प्रेस युनियनकी केन्द्रीय उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले सगठन विरुद्ध जाने कसैलाई पनि माफि नहुने बताएकी छन् ।
नेपाल प्रेस युनियन कैलाली शाखाले शुक्रबार धनगढीमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यालयममा पत्रकार महासंघको चुनावमा सगठनविरुद्ध जाने कसैलाई पनि माफी नहुने उनले बताइन् ।
‘छिटै बैठक बसेर सगठनविरुद्ध जानेहरुलाई के–कस्तो कारवाही गर्नुपर्छ कारवाही गर्न तयार छौ,’ उनले भनिन् ‘कैयौ वर्षपछि पत्रकार महासंघमा जिल्लादेखि केन्द्रसम्म युनियन हाबी भएको छ ।अब युनियन एक भएर अगाडि बढ्न आवश्यक छ ।’
पत्रकारहरुको हकहितका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताइन् । सगठनलाई जिल्लादेखि केन्द्रसम्म पनि बलियो बनाएर लैजानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले पत्रकारसंग हातेमालो गरेर पत्रकारहरुलाई अझै बलियो बनाउने हिसाबले अगाडि बढ्ने बताए ।
नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, पूर्व केन्द्रिय सदस्य मिन बम लगायत युनियनसंग आवद्ध पत्रकारहरुले धारणा राखेका थिए ।