खाेज्नुहाेस

कञ्चनपुरको कञ्जभोजमा बिओपी स्थापना

Image

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को शुभारम्भ गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आज संयुक्त रूपमा आज २० औँ बिओपीको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख सुनारले सीमा क्षेत्रमा हुने अपराधका घटना सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको र  लागुऔषध ओसारपसारमा समेत कमी आएको बताए ।

attariya hospital

प्रजिअ पाण्डेले अन्तर सीमा अपराध, मानव तस्करी, वन्यजन्तुको तस्करी, लागुऔषधको कारोबार रोकथाम, जाली नोटको कारोबार र अवैध क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सशस्त्र प्रहरी निरन्तररूपमा लागिरहेको बताए । सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा रहने गरी उद्घाटन गरिएको बिओपीमा २५ जवान तैनाथ छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक गणपती वीरेन्द्रबहादुर ऐरका अनुसार कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका २० बिओपी स्थापना गरिएका छन् ।

navjiwan hospital

‘सीमा क्षेत्रमा बिओपी स्थापना भएपछि लागुऔषध ओसारपसरामा संलग्न ५२ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएका छौँ’, उनले भने, ‘सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गरी एक वर्षको अवधिमा रु चार करोड ४० लाख बराबरको अवधै सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएका छौँ ।’

सीमा क्षेत्र भएर भारत जान लागेका ७२ चेलीबेटीका बिओपीमा कार्यरत सशस्त्र प्रहरीकै सक्रियतामा सीमानाकामा रोकथाम गरिएको उनले जानकारी दिए । कार्यक्रममा बिओपी राख्न जग्गादान गर्ने खड्कबहादुर बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको करदपत्र हस्तान्तरणसमेत गरिएको थियो ।

नगरपालिकाको ४० किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका पाँच बिओपी छन् । एक बिओपी निर्माणाधीन अवस्थामा छ । जिल्लाको सीमा क्षेत्रमा २५ बिओपी स्थापना गर्ने लक्ष्य छ । चार बिओपी शुभारम्भका तयारीमा छन् ।

रासस