बैतडीमा १८ हजार बढी नागरिकले पाए कोरोनाको पूर्ण खोप
बैतडी – बैतडीका १८ हजार बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म १८ हजार ६३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन् ।
गत माघ महिनादेखि विभिन्न समयमा गरी सञ्चालन भएको खोप अभियानअन्तर्गत हालसम्म उक्त संख्यामा नागरिकले खोप लगाएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
बैतडीमा हालसम्म खोपको पहिलो डोज मात्र लगाउने नागरिकको संख्या भने ३७ हजार ६ सय ६८ रहेको छ । उनीहरु खोपको दोस्रो मात्राको पर्खाइमा रहेका कार्यालय प्रमुख भट्टले बताए ।