कञ्चनपुरमा ९ प्रतिशतले लगाए कोरोना खोप

कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।

maya metro hospital

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ कोभिशिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ गरी तीन प्रकारका खोप विभिन्न समयमा लगाइएको जानकारी दिए ।

उनका अनुसार ३० हजार २२४ जनाले कोभिशिल्ड खोप लगाएकोमा ६ हजार ७४० जनाले मात्रै पूर्ण खोप (दुवै मात्रा) लगाएको जानकारी दिए । त्यसैगरी ३९ हजार ६९५ जनाले भेरोसेल खोप लगाएकोमा सात हजार ५७० जनाले मात्रै खोपको दुवै मात्रा लगाएको खोप प्रमुख कुवरले बताए ।

attariya hospital

त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप २७ हजार चार सय जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कोभिशिल्डको दोस्रो मात्रा साउनको अन्तिम साता आइपुग्ने बताइएको छ ।’ उनले भने, ‘भेरोसेलको दोस्रो मात्रा भदौ दोस्रो सातादेखि लगाइने तयारी छ ।’

विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कञ्चनपुरको कूल जनसङ्ख्या चार लाख ५१ हजार २४८ रहेको छ । तीमध्ये नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण कञ्चनपुरमा हालसम्म १८७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘हामीकहाँ खोप राख्ने क्षमता दश हजार डोज मात्रै हो’, खोप प्रमुख कँवरले भने, ‘खोप राख्नका लागि नयाँ कोल्ड रुम बनाउने गृहकार्य भइरहेको छ ।’
रासस

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.