भिरबाट लडेर डोटीमा एक जनाको मृत्यु
डोटी – डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सायल गाउँपालिका २ का २८ वर्षीय गणेश ओलीको भिरबाट लडेर मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका ओलीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । तर, उनको अस्पतालले उपचार हुन नसक्ने जनाएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताएका छन ।
उनी भिरबाट करिब ३०० मिटर तल खसेको जनाईएको छ ।