सुदूरपश्चिममा मोटरसाइलको कर अन्य प्रदेशको तुलनामा कम
सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा मोटरसाईकलमा लाग्ने कर कम रहेको पाईएको छ । देश संघीय संरचनामा गएपछि सवारीसाधनको कर प्रदेश सरकारलाई नै उठाउन दिने निर्णय भएपछि सुदूरपश्चिम सरकारले पनि चालु आर्थीक बर्षका लागि कर निर्धारण गरेको थियो । जुन अन्य प्रदेशका तुलनामा कम रहेको छ ।
प्रदेश सरकारले मोटरसाइकलको तोकेको कर अनुसार १२५ सीसी सम्म २ हजार ५ सय, १२६ देखि १५० सीसी सम्म ४ हजार ५ सय, १५१ देखि २५० सीसी सम्म ५ हजार ५ सय, २५१ देखि ४ सय सीसी सम्म ८ हजार र ४ सय सीसी माथिको मोटरसाइकलमा ९ हजार कर तोकिएको छ ।
देशभरमा बागमती प्रदेश महङ्गो कर लिने प्रदेश बनेको छ । बागमती प्रदेश सरकारले गत वर्षसम्म ४ हजार ५०० रुपैयाँ रहेको १६० सिसीको मोटरसाइकलको कर यस वर्षबाट बढाएर ६ हजार ५०० रुपैयाँ पुराएको छ । बागमती प्रदेशमा ६५० सिसीभन्दा माथिको मोटरसाइकलको वार्षिक कर ३० हजार रहेको छ भने सुदूरपश्चिम प्रदेशमा मात्रै ९ हजार तिरे पुग्छ ।
त्यसैगरी १२५ सिसीभन्दा तलको मोटरसाइकलको कर अन्य प्रदेशमा २ हजार ५ सयको हाराहारीमा रहेकामा बागमती प्रदेशमा ३ हजार पुराइएको छ ।
सबैभन्दा धेरै चल्ने १५० सिसीको मोटरसाइकलको कर भने सुदूरपश्चिम भन्दा पनि कर्णाली प्रदेशमा कम रहेको छ । कर्णाली प्रदेशमा १५० सीसीको कर ४ हजार मात्रै छ ।