बैतडीमा बँदेल आतंक, प्रहरी हवल्दार घाइते

बैतडी – बैतडीमा बँदेल आतंक बढ्दै गएको छ । जिल्लामा अहिले मकैमा घोगा लाग्ने समयमा बँदेल मकै खान खेतमा पस्ने गरेकाले एकातिर मकै बालिमा क्षति पुग्न थालेको छ भने अर्कोतर्फ मानिसहरुलाई पनि बदेलले आक्रमण गर्न थालेको छ ।

maya metro hospital

सोहिक्रममा आइतबार मकै बारिमै आएर बँदेलले एक प्रहरी हवल्दारलाई घाईते बनाएको छ । सुर्नया गाउँपालिका – ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहारलाई बँदेलले खेतमै काम गरिरहेको अवस्थामा आक्रमण गरि घाइते बनाएको हो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका लुहार विदाको समयमा घर आएर मकैबारीमा काम गरिरहेको बेला बँदेलको आक्रमणमा परेका हुँन ।

attariya hospital

बँदेलको आक्रमणबाट उनको हात र खुट्टामा चोट लागेको र उनलाइ उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन ।

यसअघि पनि साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेरसुर्नया गाउँपालिका – ५ का दुई युवकको मृत्यु भएको थियो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.