नक्कली परीक्षार्थीहरु अन्तर्वार्तामा समातिन्छन्

डोटी – कैलालीका एक युवक बिहानबिहानै सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल पुगे । नागरिकता प्रमाण पत्र र शैक्षिक योग्यताका प्रमाण पत्र बोकेका उनी प्रहरी जवान पदको अन्तर्वार्तामा सहभागी हुन पुगेका थिए ।

Karma Consultancy

शारीरिक अभ्यास र लिखित परीक्षामा उनको राम्रो नतिजा देखिएको थियो । तर, अन्तर्वार्तामा उनको प्रस्तुति देखेर प्रश्नकर्तालाई शंका लाग्यो ।

citizen security services

‘उनको बिषयमा सोधखोज गर्दै जाँदा उनको नामबाट शारीरिक अभ्यास र लिखित परीक्षा अरु कसैले दिएको रहेछ’ अन्तर्वार्ता लिनेमध्येका एक जनाले भने, ‘उनको प्रस्तुतिले नै उनलाई नक्कली हो भन्ने देखायो ।’ ती युवकलाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ ।

attariya hospital

प्रहरी भर्नाको अन्तिम चरण अन्तर्वार्तामा उनीजस्तै अरुले नै जाँच दिएर पास भएका पाँच युवा पुगेका थिए । प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लियो ।
प्रहरी जवानमा नक्कली परीक्षा दिन लगाउने गिरोह नै सक्रिय भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल बताउँछन् ।

‘शुरुमा प्रहरी जवानमा भर्ना गरिदिने भन्दै पैसा असुल गर्ने, अनि सक्कली व्यक्तिको सट्टामा नक्कली व्यक्ति पठाएर शारीरिक परीक्षण र लिखित परीक्षासम्म पुग्ने गरेको पाइयो’ मल्ल भन्छन्, ‘यसमा धेरैको सहभागिता रहेको देखिन्छ ।’

belauri nagarpalika

उनले प्रवेश पत्रका अर्काको फोटो लाएर कीर्ते हस्ताक्षर गर्ने अनि शारीरिक परीक्षण र लिखित परीक्षामा सहभागी हुने गरेको पाइएको बताए । लिखित परीक्षामा सहभागी भएका १८ नक्कली परीक्षार्थीहरुलाई यसअघि नै पक्राउ गरी कानून बमोजिम कारवाही गरिएको प्रहरी उपरीक्षक मल्ल बताउँछन् ।

‘जो व्यक्ति आफैं सबै प्रक्रियामा सहभागी भएर आएको हुन्छ उसले अध्ययन पनि गरेको हुन्छ र अन्तर्वार्तामा पनि उसले सहजै फेस गर्न सक्छ’ प्रहरी उपरीक्षक मल्लले भने ‘अरु प्रतिस्पर्धामा आफ्नो सट्टा नक्कली परीक्षार्थी पठाउने अन्तर्वार्तामा त जसरी पनि समातिहाल्छ नि !’ उनले अन्तर्वार्तामा सक्कलै कागजात ल्याउनु पर्ने भएका कारण नक्कली व्यक्ति आउन सम्भव नभएको वताए ।

आफ्नो सट्टा अर्कैलाई पठाई अन्तर्वार्तासम्म पुगेका पाँचै जनालाई सरकारी कागजात कीर्ते गरेको आरोपमा मुद्धा अघाडि बढाइएको प्रहरी उपरीक्षक मल्ल वताउँछन् । उनले यस अघि लिखित परीक्षाका क्रममा समातिएका १८ जनालाई पनि यसै कसुरमा मुद्धा चलाइएको बताए ।

उनीहरुको सट्टामा नक्कली परीक्षार्थी भई परीक्षामा सहभागी भएका व्यक्तिहरुको पनि खोजी भइरहेको मल्लले बताए । उनले भने ‘उनीहरु फरार छ, हाम्रो अनुसन्धान उनीहरुको नजिक पुगिसकेको छ, अब केही दिनमै समातिन्छन् ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ अनुसार कीर्ते गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

एकातिर कैद सजाय पनि भुक्तान गर्नुपर्ने, अर्कोतिर अर्कोपल्टका लागि पनि अयोग्य हुने भएकाले नक्कली परीक्षार्थी भएर सहभागी हुनु वा नक्कली परीक्षार्थी तयार गरेर परीक्षामा पठाउने दुवै कामले व्यक्ति स्वयंलाई घाटा हुने मल्लको भनाइ छ ।

उनी थप्छन् ‘अरु तयारी राम्रोसंग गर्नुप¥यो, नजानेको बिषयमा तयारी कक्षा लिनुप¥यो ।’ उनले सुदूरपश्चिममा यस्तो प्रबृत्ति बढेको बताए । अनलाईखबरबाट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.