डडेल्धुरा अस्पतालमा अक्सिजन भर्ने प्लान्ट जडानको काम अन्तिम चरणमा
डडेल्धुरा – डडेल्धुरा अस्पतालमा दैनिक २ सय सिलिन्डर अक्सिजन भर्ने प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट जडानका लागि सरकारले ४ करोड उपलब्ध गराएपछि अहिले जडानको तिव्र गतिमा भईरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतमा रहेको यो अस्पतालमा दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको चरम अभाव भएको थियो ।
दैनिक २ सय सिलिन्डर अक्सिजन उत्पादन भएमा सुदूरपश्चिममै अक्सिजनको अभाव हट्न सक्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताएका छन ।
यसअघि अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो । उक्त अक्सिजन प्लान्ट जडानको काम साउन महिनाभित्र सम्पन्न गरी भदौ महिनाबाट अक्सिजन उत्पादन गरिने जनाईएको छ ।