खाेज्नुहाेस

डडेल्धुराकी खेट्टीको भेजाइनल स्वाब काठमाडौं पठाइयो

Image

बैतडी – डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्लको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृत फेला परेकी उनको भेजाईनल स्वाव र भिसेरा परिक्षणका लागी काठमाण्डौ पठाईएको हो ।

attariya hospital
navjiwan hospital

यही साउन ८ गते मृत फेला परेकी उनको कसरी मृत्यु भयो भन्ने पुष्टि गर्न भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा परीक्षणका लागि पठाइएको उनले बताए । 

जिल्लाकै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षणको रिपोर्टमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

ती महिला साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली–५ सेरी हिँडेकी थिइन् । तर‚ माइतीघर नपुग्दै बीचबाटोमै उनी मृत अवस्थामा फेला परेकी हुन् । मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन ।