डोटीमा विद्यालय भवन पहिरोले पुरिदिएपछि पठनपाठनमा सकस

 धनगढी – कक्षा कोठा अभावमा पठन पाठनमा समस्या झेल्दै आएको डोटीको बडीकेदार गाउँपालिका–२, सडेखानमा रहेको जनता माध्यमिक विद्यालयको एउटा भवन पहिरोले पुरिदिएपछि पठनपाठनमा झनै समस्या आएको छ ।

maya metro hospital

कक्षा १० सम्म पठनपाठन हुँदै आएको विद्यालयको चार वटा अर्ध पक्की भवन मध्ये एउटा भवन पहिरोले पुरिएपछि कक्षा सञ्चालनमा समस्या आएको हो ।

विद्यालयका शिक्षक खगेन्द्र नामजाली मगरका अनुसार साउनमा आएको पहिरोले विद्यालयको एउटा भवन भत्काइदिए पछि कक्षा सञ्चालनमा समस्या आएको बताए । विद्यालयमा भवन हुँदाहुँदै कक्षा कोठाको अभाव भइरहको बेला पहिरोले एउटा भवन नै भत्काइदिए पछि पठन पाठनमा एकदमै गाहे भएको शिक्षक खगेन्द्र नामजाली मगरले बताए ।

attariya hospital

अर्का शिक्षक चन्द्र लामिछाने मगरले डोटीको दुर्गम वस्तीमा रहेको विद्यालयमा एक सय ५० घरधुरी मगर समुदायका बालबालिका अध्ययनरत रहेको बताए । दुई कोठे चार वटा भवनबाट एकदेखि कक्षा १० सम्मको पठन पाठन गराउँदै आएको शिक्षक चन्द्रलामिछाने मगरले बताए । हामीसंग ८ कोठा थिए । ‘दुई कक्षा चउरमा राखेर पढाउनुपर्ने बाध्यता थियो ।’ शिक्षक चन्द्रलामिछानेले भने, ‘दुई कोठे भवन पहिरोले भत्काइदिएको छ । अब दुई होइन्, चार कक्षा बाहिर राखेर पढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

विद्यालय व्यवस्थापन समितका अध्यक्ष दिलबहादुर नामजाली मगरले बडीकेदार गाउँपालिकामा रहेका बिद्यालयको तुलनामा बढी बिद्यार्थी अध्ययनरत रहेको बताए । ‘योग मगर वस्ती भएको ठाउँ हो । शिक्षाबाटपछि परेका मगर समुदायका बिद्यार्थी अध्ययन गर्ने बिद्यालय हो ।’

अध्यक्ष दिलबहादुरले भने, ‘यहाँ चार सय बिद्यार्थी अध्ययनरत छन् । तर, हामीसंग आर्थिक अभाव छ । कक्षा कोठाको अभाव छ । हामीले राम्रो शिक्षक राख्न नसक्दा पढाइको गुणस्तर समेत सुधार गर्न सकेका छैनौ ।’

१३ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा ८ जना निजी श्रोतका शिक्षक रहेका छन् । अध्यक्ष दिलबहादुरका अनुसार दुई स्थायी शिक्षक, राहत शिक्षक तीन, कम्युटर शिक्षक गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउँदै आएको र अन्य ८ जना निजी श्रोतबाट राखिएको बताए ।

वडा नम्बर २ मा कक्षा १० सम्म पढाइ हुने २ वटा बिद्यालय छन् । वडा नम्बर २ को बर्छेनमा रहेको बर्छेन माध्यमिक विद्यालय पुग्न सडेखान, खरहर क्षेत्रका स्थानीयहरुलाई साढे ३ घण्टाको समय लाग्ने हुँदा सो क्षेत्रका विद्यार्थीहरु जसोतसो सडेखानकै विद्यालयमा अध्ययन गर्ने गरेको स्थानीय दिलसरी लामिछाने मगरले बताइन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.