अत्तरिया – पुर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीमा २ मोटरसाइकल एक आपसमा ठोकिदा ३ जना घाईते भएका छन ।

सुपप्र ०१ ००९ प २४५४ र से ५ प ५०३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ ३ जना घाईते भएका हुन ।

घाईते हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका – ११ का मिलन भोटे, कैलालीको घोडाघोडी नगरपालिका – ४ का दिनेश चौधरी र बैतडीको डिलासैनी गाउँपालिका – ७ का सुन्दर धामी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको बर्दगोरीया अस्पतालमा उपचार भईरहेको छ ।



















