अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ५३ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालले बिहिबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना भएका छन । यो संगै हाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या २५ पुगेको अस्पतालले जनाएको छ ।

जसमध्ये ६ जनाको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।


















