बैतडी – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालयमा संचालनको तयारी थालिएको छ । जिल्लाको मेलौली नगरपालिकाका विद्यालय संचालनमा आईसकेका छन भने अन्य पालिकाका विद्यालय पनि संचालनको तयारीमा छन ।
मेलौली नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएका नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताएका छन ।


बैतडीका अन्य स्थानीय तहहरूले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए ।
उनले केन्द्र सरकारले नै स्थानीय सरकारलाई कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार तयारी थालिएको बताए ।


















