खाेज्नुहाेस

दार्चुलामा विभिन्न स्थानिय तहका ८ जनामा देखियो स्क्रब टाइफस

Image

दार्चुला – दार्चुलामा विभिन्न स्थानिय तहका ८ जनामा स्क्रब टाइफस भेटिएको छ ।

साउन १३ गतेदेखी अस्पतालमा जचाँउन आएका विरामीहरु मध्ये ८ जनामा स्क्रब टाईफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

अस्पतालका अनुसार उनीहरुको आरडीटी चेकजाँच गर्दा जिल्लाको मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाका १÷१ जना र महाकाली नगरपालिकाका ६ जनामा स्क्रब टाइफस देखिएको हो ।

जिल्लामा गत वर्षमा ३४ जनामा स्क्रब टाइफस देखिएकोमा २५ जना महिला मात्रै रहेको बताईएको छ । महिलाहरु पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने हुँदा बढी जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको भनाई छ ।

हालसम्म जिल्लामा देखिएका स्क्राब टाइफसका बिरामीलाई घर पठाइसकिएको बताइएको छ ।