अत्तरिया – सुदूरपश्चिम प्रदेश युवा परिषदमा कैलालीको गोदावरी नगरपालिकाबाट २ जना नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश युवा परिषद पहिलो संसोधन गठन आदेश २०७८ को दफा ५(१) (छ) मा व्यवस्था भएबमोजिम २०७८ जेठ १४ गतेको मन्त्रिस्तरीय निर्णय बमोेजिमा नियुक्त गरिएका १३ जना मध्ये २ जना गोदावरी नगरपालिकाबाट नियुक्त भएका हुन ।

गोदावरीबाट नियुक्त हुनेमा वडा नम्बर ४ का शेर बहादुर बिष्ट र वडा नम्बर ११ की टिकेश्वरी विक रहेका छन ।

अन्य नियुक्त हुनेहरुमा छत्र रावल धनगढी कैलाली, दिनेश सिंह डोटी, वतासु चौधरी कैलारी – १ कैलाली, कुमारी बिष्ना पन्त कञ्चनपुर, मनोज चन्द कञ्चनपुर, लक्ष्मी साउद गैराल डडेल्धुरा, इश्वरीदत्त भट्ट बैतडी, आशिक बिष्ट डोटी, झलक भण्डारी बझाङ, रामप्यारी कु।रावल अछाम, लक्ष्मी दत्त जोशी बैतडी रहेका छन् ।
नवनियुक्त १३ जना सदस्यहरुले मंगलबार नै सपथ ग्रहण गरेका छन् । युवा परिषद्का अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले नव नियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

















