काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।

देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन् । मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।


















