अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट अबैध काठको गोलिया सहित एक जना पक्राउ परेका छन । नगरपालिकाको वडा नम्बर २ तेघरी महरा कटान स्थित कच्चि सडक खण्डमा ट्याक्टरमा लुकाएर लैजादै गर्दा ५ गोलिया अबैध काठ सहित गोदावरी नगरपालिका – ३ बस्ने ३४ बर्षीय राम बहादुर चौधरी पक्राउ परेका हुन ।

उक्त काठ सोमबार साँझ कच्चि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ त ५०१३ नम्बरको ट्याक्टरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बरामद गरिएको काठ र चालकलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र थप कारवाहिका लागि सब डिभिजन वन कार्यालय अत्तरिया पठाईने प्रहरीले जनाएको छ ।


















