धनगढी – प्रहरीले कैलालीको टीकापुरबाट लागु औषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ ।

लागु औषध (खैरो हेरोइन) सहित जानकी गाउँपालिका–६ सुवर्णपुरका २३ वर्षीय देवेन्द्र साउँदलाई प्रहरीले पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका–१ नेपाल टेलिकमको कार्यालय नजिक शंका लागेर चेकजाँच गर्दा साउँदको साथबाट ४ ग्राम ७२० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहको बिष्टले बताए । साउँदको साथबाट बा. ०२००२२ प ६४६१ नम्बरको मोटरसाईकल समेत बरामद भएको उनले बताए ।

















