
प्रदिप मलासी /बझाङ – लक्ष्मी लघुबित्त बित्तिय सस्था बझाङ शाखाद्घारा मृतक सदस्यका घर परिवारलाई बिमा रकम भुक्तानी गरेको छ ।
लक्ष्मी बैड्ड लिमिटेडको सहायक कम्पनीका रुपमा स्थापित यस लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड चैनपुर शाखाले जिल्लाको केन्द्र नम्वर १२ कि सदस्य मन्जु चन्द बम र केन्द्र नम्वर ७४ कि सदस्य सिन्की आउजीको असामुहिक निधन पछि ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्वार ८ को पैयातोला टोलमा बिगत छ वर्ष अगाडी गठित केन्द्र नम्वर १२ की सदस्य मन्जु चन्द बमको घर पोत्ने माटो लिन जाने क्रममा माटोको ढिस्कोमा पुरिएर सक्त घाईते भई उपचारको क्रममा मृत्यु भएकी मन्जु चन्द बमले २०७६ साल मसिंर २६ गते लिएको २ लाख कर्जा मिनाहा सहित बुधबार उनका श्रीमान रमेश कुमार बमले ७ लाख २३ हजारको चेक मार्फत भुक्तानी प्राप्त गरेका छन ।
साथै जयपृथ्वी नगरपालिका ११ डाँडागाउँमा गठित केन्द्र नम्वर ७४ की सदस्य सिन्की आउजीकाे स्वास्थमा एकाएक समस्या आए पछि उपचारको क्रममा निधन भएकी सिन्कीका श्रीमान किस्नबिर आउजीले दावी गरेको २ लाख २५ हजार रकम वरावरको बिमा दावी रकम आजै लक्ष्मी लघुबित्त संस्था चैनपुर शाखाले भुक्तानी दिएको छ।
आज एक अनौपचारिक कार्यक्रमका बिच जयपृथ्वी नगरपालिका वडा नम्वर १० कि वडा सदस्य हरिप्रिया जोशीले मृतक सदस्यका परिवारलाई बिमा दावी रकम हस्तान्तरण गरेकी हुन ।
उक्त कार्यक्रममा लक्ष्मी लघुबित्त बित्तिय सस्थाका चैनपुरका प्रबन्धक महादेव जोशी मिर्मिरे लघु बित्तका प्रबन्धक लाल बहादुर साउँद महालक्ष्मी बिकास बैङ्घ चैनपुरका प्रबन्धक हेम बोहरा शुर्या लाईफ ईन्स्सोरेन्स लिमिटेड प्रबन्धक धर्मराज कोईराला शाखाका कर्मचारी अनिता बुढा, लक्षी बहादुर कामी, नवराज धमेना, हरिश पन्त र पत्रकार नागरिक समाज प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरेको हो ।
बिगत ८ वर्ष देखि बझाङ जिल्लाकै बिभिन्न गाउ बस्तीमा सेवा दिदै आएको लक्ष्मी लघु बित्तले यस अघि पनि थुप्रै घटनामा ज्यान गुमाएका सदस्यका घरपरिवार लाई बिमा रकम बाफतको हुन आउने रकम भुक्तानी दिदै आएको छ ।




















