खाेज्नुहाेस

केही दिन यता दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थाले

Image

दार्चुला – पछिल्लो केही दिन यता जिल्ला अस्पताल दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । अस्पतालका अनुसार केही दिन यता दैनिक ८० जना भन्दा बढी भाईरल ज्वरोका विरामीहरु अस्पताल आउने गरेका छन ।

navjiwan hospital

अस्पतालमा आउने विरामीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने गरेको अस्पतालले जनाएको छ ।

attariya hospital

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका हुँदा झोलीलो पदार्थ बढी खान, प्रशस्त पानी पिउन, खानपिन र सरसफाइलगायतमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन् ।