खाेज्नुहाेस

दार्चुलामा अवैध यार्सागुम्बा सहित एक जना पक्राउ

Image

दार्चुला – दार्चुलामा अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

navjiwan hospital

जिल्लाको व्यासँ गाउँपालिका – ३ सिनाका २४ वर्षिय ग्रिस कुवरलाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital

बुधबार दिउसो १ बजेतिर दुहुँ गाउँपालिका – ३ ब्रह्मदेब चोकपोष्टमा चेकजाच गर्दा उनको साथबाट ३ पोका प्लाष्टिक भित्र राखेको अवैध यार्सागुम्बा बरामद गरिएको र उनीसँग कुनै पनि आवश्यक कागजपत्र नभेटिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

बरामद गरिएको अवैध यार्सागुम्बा र ति पुरुषलाई अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमा बुझाएको उनले बताए ।