खाेज्नुहाेस

कैलालीको गोदावरीमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा ३ जना घाईते

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन ।

navjiwan hospital

अत्तरियाबाट जादै गरेको सुपप्र ०१००९ प २३६९ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ४० वर्षिय विरेन्द्र बहादुर चन्द र ५५ वर्षिय पदम बहादुर साउँदलाई ठक्कर दिएको हो ।

attariya hospital

ठक्कर बाट मोटरसाईकल चालक गोदावरी – १ का २९ वर्षिय नरेन्द्र सिँह सहित दुवै जना पैदल यात्री घाईते भएका प्रत्यक्षदर्शी स्थानिय लेखकराज जोशीले बताए । उनका अनुसार घाईते तिनै जनाको अवस्था सामान्य रहेका र तिनैको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भैरहेको छ ।