कञ्चनपुर – कञ्चनपुरमा करिब ७ लाख बराबरका अवैध सामग्रीहरु बरामद गरिएको छ । निषेधाज्ञा उल्लंघन गरी भारतबाट नेपाल भित्र्याउदै गरेका अनुमानित ६ लाख ६५ हजार ७ सय ६६ रुपैया बराबरका सामग्रीहरु बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे.क्वा.शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट डोकेबजार र गड्डाचौकीबाट खटिएको मोबाईल तथा पैदल गस्ति टोलिले उक्त सामग्रीहरु बराबर गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

बरामद गरिएका सामग्रीमा किराना समान, हार्डवयरका समान, मोवाईल सेट लगायत विभिन्न प्रकारका औषधीहरु रहेको उनले बताए । उक्त सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको बताईएको छ ।

















