खाेज्नुहाेस

बैतडीमा मन्दिरको सुन चोरी प्रकरण : थप २ व्यापारी पक्राउ

Image

बैतडी – बैतडीमा मन्दिरबाट चोरी गरेको सुन खरिद गरेको आरोपमा थप दुई जना व्यापारी पक्राउ परेका छन ।

बैतडीको दोगडाकेदार गाउँपालिका – १ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा ९ तोला सुन चोरी भएको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका – ४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल रहेका प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत रहेका बताइएको छ ।

प्रहरीले यसअघि चोरिको सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरेको थियो ।

प्रहरीले सुन चोरी गर्ने चार जनालाई पक्राउ गरिसकेको छ भने उनीहरुको साथबाट पौने चार तोला सुनसमेत बरामद गरेको छ ।