खाेज्नुहाेस

आइपिएलका स्थगित खेल सुरु हुदै

Image

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) को स्थगित खेल आगामी १९ सेप्टेम्बरबाट सुरु हुने तय भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले रोकिएको आइपिएलको नयाँ सेड्युअल तयार गरेको हो। प्रतियोगिता युएइमा १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म हुने निश्चित छ।

attariya hospital

१९ सेप्टेम्बरमा मुम्बई र चेन्नइबीच खेल हुनेछ। प्रतियोगिताको पहिलो क्वालिफायर १० अक्टोबर तथा एलिमिनेटर ११ अक्टोबरमा हुने छ। त्यस्तै दोस्रो क्वालिफायर १३ अक्टोबर हुने छ। प्रतियोगिताको फाइनल १५ अक्टोबरमा हुने जनाइएको छ।

navjiwan hospital

आइपिएलपछि बिसिसिआईले युएई र ओमानमा नै टी–२० विश्वकपको आयोजनासमेत गर्ने छ। यसको आधिकारिक मिति भने चाँडौ घोषणा गरिने जनाइएको छ। आइपिएल २०२१ अप्रिल ९ बाट आयोजना भएको थियो।

मध्यसिजनमा सनराइजर्स हैदराबादका ऋद्धिमान साह, दिल्ली क्यापिटल्सका अमित मिश्रा, केकेआरका सन्दीप वारियर तथा वरूण चक्रवर्ती, चेन्नइका लक्ष्मीपति बालाजी तथा ब्याटिङ कोच माइकल हसी लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि ४ मे बाट २९ खेलपछि प्रतियोगिता स्थगित गरिएको थियो।

अब लिगमा कुल ३१ खेल बाँकी छन्। अप्रिल र मे मा भारतमा कोरोना महामारी तीव्र भएपछि सबैखाले खेलकुद गतिविधि बन्द गरिएको थियो। यद्यपि आइपिएलको दोस्रो फेजमा विदेशी खेलाडीको उपस्थिति भने संशयमै छ। धेरै देशमा खेलाडी रिलिजको सम्भावना कमजोर छ।

यो बीचमा इंग्ल्यान्ड तथा अन्य देशले धेरै सिरिजहरू खेल्ने कार्यतालिका भएका कारण पनि सबै टिमका खेलाडी आइपिएलमा उपस्थित हुने सम्भावना कमजोर छ।

लिगमा अहिलेसम्मको अंक तालिकामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ। त्यस्तै चेन्नई दोस्रो स्थानमा रहँदा रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छ। मुम्बई इन्डियन्स अंक तालिकाको चौथो स्थानमा छ।