काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा चाडो भन्दा चाडो पत्ता लगाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।


‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु’ प्रधानमन्त्री देउवाले सामाजिक संजालमा लेखेका छन् ।
तीन वर्ष अघि साउन १० बेपत्ता भएकी निर्मलाको साउन ११ गते बलात्कार पछि हत्या गरेको अवस्थामा शव उखुबारीमा भेटिएको थियाmे । घटनाको तीन वर्ष वितिसक्दा पनि उनको हत्यारा पत्ता लाग्न सकेको छैन ।



















