धनगढी – कैलालीको घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा स्कारपियो दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।
शनिबार राती ८ बजे ना.अ.प.खा ९७४ नम्बरको स्कारपियो दुर्घटना हुँदा ७ जना घाईते भएका हुन ।


चालकसहित स्कारपियोमा सवार ७ जना घाइते भएकामा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा चालक धनगढी उप महानगरपालिका –१२ मनहेराका ३५ वर्षीय धनराम चौधरी, ३० वर्षीय तुलसी राना र २७ वर्षीय राजकुमार चौधरी रहेका छन् ।
राजकुमारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने चालकसहित दुई जनाको धनगढीस्थित सीपी हस्पिटलमा उपचार भइरहेको छ ।



















