
अत्तरिया– कैलालिको सेती प्रादेशिक अस्पतालमा १९ जना कोरोना संक्रमित थपिएका छन । शनिवार अस्पतालको प्रयोगशालामा गरिएको १३९ जनाको नमुना परिक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठ का अनुसार अस्पतालबाट शनिवार ३ जना संक्रमित निको भएर घर फर्किएका छन भने १० जना संक्रमित अस्पताल भर्ना भएका छन ।अस्पताल मा हाल २५ जना संक्रमित उपचाररत रहेकामा ३ जनाको आइसियु मा राखेर उपचार भैरहेको उनले बताए ।

















