खाेज्नुहाेस

खोलानाला अतिक्रमणले धनगढिका बस्ती डुबान, वडा वडा बिच बिवाद

Image

धनगढी – सातायताको निरन्तरजसो वर्षाले धनगढीका केही बस्ती डुबानमा परेका छन । बस्ती डुवानकै कारणले यहाँका वडाहरु बिच बिवाद पनि उत्पन हुन थालेको छ । केहि दिन पहिले मात्रै पानि निकासको बिषमा वडा २ र वडा ३ बिच बिबाद भएको थियो ।

वडा नं. ३ को हाटबजार विद्युत् सव–स्टेसनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने क्रममा वडा २ का बासिन्दा र सुरक्षाकर्मीबीच झडप भएको थियो । स्थानीयको ढुंगामुडा प्रहारबाट ७ प्रहरी र ६ सशस्त्र प्रहरीलाई चोट लागेको थियो । वडा ३ मा जमेको पानीको आफ्नो बस्तीतर्फ निकास गरेर डुबान गर्न लागिएको वडा २ का स्थानीयको गुनासो हो ।

attariya hospital
navjiwan hospital

वडा ३ का अध्यक्ष बलबहादुर ऐरले पानीको प्राकृतिक निकासको बाटो थुनिएको कारण प्रहरी प्रशासनको सहयोग लिनुपरेको बताए । ‘कल्भर्ट थुन्दा विद्युतको सव–स्टेसन पनि डुब्ने भएपछि खोल्ने कुरामा सहमत भइयो,’ उनले भने, ‘तर वडा नम्बर ३ बाट आउने पानीको निकास मोहना नदीतिर बगाउन नाला खनिने कामलगत्तै सुरु गर्ने भनिएको छ ।’ यसका लागि धनगढी उपमहानगरबाट २ करोड बजेट पनि विनियोजन भइसकेको र अपुग रकम केन्द्र तथा प्रदेश सरकारबाट माग्ने उनले बताए ।

।बर्खाको पानीको निकास गर्ने विषयमा धनगढी बजार क्षेत्रका ती दुवै वडाबीचमा मात्रै विवाद सिर्जना भएको छैन, वडा नम्बर ३ र ४, वडा नम्बर १३ बाट ३ मा बग्ने बर्खाको पानीले डुबानमा पर्ने भएकाले स्थानीयबीच जहिले पनि विवाद हुने गरेको छ ।

नगर क्षेत्रभित्रका खोलानाला अतिक्रमण र ढलनालीको व्यवस्था हुन नसक्दा प्रदेश राजधानी डुबानमा पर्दै आएको नगरवासीको भनाइ छ । ढल तथा नाली नभएर बजारका मुख्य सडक जलमग्न हुने गरेको छ भने अर्कोतिर बर्खाको पानी निकास नभएर धनगढी एउटा वडा र बस्तीबाट अर्कोमा पसेर डुबानको समस्या सिर्जना हुने गरेको स्थानीय सिद्धराज भट्टले बताए । उनले पानी निकास र ढलनाला निर्माणमा लगानी नगर्दा डुबानको समस्या आएको बताए