खाेज्नुहाेस

यार्सागुम्बा सहित दार्चुलाबाट एक भारतीय नागरिक पक्राउ

Image

दार्चुला  – दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र पुलघाटबाट प्रहरीले ९० ग्राम यार्सागुम्बा सहित एकजना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

भारत पिथौरागढ जिल्ला धारचुला ग्राम पाङलाका अन्दाजी २३ वर्षीय गणेशसिंह बिष्टलाई यार्सासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती गर्ने क्रममा बिष्टलाई यार्सागुम्बा सहित पक्राउ गरेको हो ।

बरामद यार्सागुम्बा र विष्टलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । विष्टमाथि अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।