खाेज्नुहाेस

गाँजा फडानी अभियानमा कञ्चनपुर प्रहरी सक्रिय

Image

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अवैध लागूऔषधजन्य गाँजा नियन्त्रणका लागि गाँजा फडानी अभियान सञ्चालन गरेको छ ।

navjiwan hospital

प्रहरीले आइतबार भीमदत्त नगरपालिका–११ स्थित इटागाउँ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजना तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा गाँजा फडानी कार्यक्रम सम्पन्न गरिएको हो ।

attariya hospital

प्रहरीका अनुसार कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो । लागूऔषधको अवैध खेती नियन्त्रण गर्दै समाजलाई लागुऔषधमुक्त बनाउने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागूऔषध सम्बन्धी गतिविधिविरुद्ध समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सचेतना र नियन्त्रणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।