खाेज्नुहाेस

सुदूरपश्चिम कोरोना अपडेट : ४६ संक्रमित थपिए, १ जनाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन बिधिबाट २ सय ९७ नमूनाको परिक्षण गर्दा ४ जना र १ सय १२ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४४ हजार ६ सय ३१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिका गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ३५ संक्रमितले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३५ हजार ४ सय पुगेको छ ।

यसैबिच मंगलबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ६५ बर्षीय पुरुष रहेका छन ।