निषेधाज्ञाका बिच बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा मेला भर्ने दर्शनार्थीको घुईचो लागेको छ । मेला भर्न बैतडी लगायत छिमेकि जिल्ला र भारतबाट समेत दर्शनार्थी आएका छन ।


हरेक वर्ष उक्त मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन आषाढी मेला लाग्ने गर्दछ । असार शुक्ल अष्टमीको राती भगवतीको विशेष पूजाआजा हुने र नवमीका दिन भगवतीको सवारी कपाडी गाउँबाट मन्दिरमा आउने गरेको छ ।

त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । यो वर्ष कोरोना भाइरसका कारण भारतीय दर्शनार्थीहरू पीसीआर रिपोट लिएर मात्रै नेपाल प्रवेश पाउने व्यवस्था गरिएको छ ।


कोरोना महामारीका कारण बैतडीमा हाल श्रावण १५ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।



फोटो : नरेश पन्त



















