अत्तरिया – अत्तरिया आसपासका क्षेत्रमा २ दिनको अवधिमा अत्यधिक बर्षा भएको छ । बिहिबार बिहान देखि सुरु भएको बर्षा अझै पनि पुर्ण रुपमा रोकिएको छैन । बर्षाका कारण अत्तरिया आसपासका धेरै क्षेत्र डुवानमा समेत परेका छन ।
महाकाली बेसीन फिल्ड कार्यालय अत्तरियाका अनुसार हिजो र आज २ दिनमा मात्रै १ सय ८६ दशमलव १ मिलिमिटर बर्षा भएको छ ।


हिजो बिहिबार १ सय १० दशमलव १ मिलिलिटर र आज बिहान ८ः४५ को मापन अनुसार ७६ मिलिलिटर बर्षा भएको महाकाली बेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम शाखाका प्रमुख सिघंल चौधरीले बताएका छन ।
उनले यस बर्ष मनुसन सुरु भएयता बसैभन्दा बढी बर्षा हिजो भएको बताए । अध्याधिक बर्षाका कारण अहिले यस क्षेत्रको जनजिवन नराम्ररी प्रभावित बनेको छ ।


















