कञ्चनपुर – कञ्चनपुरमा जारी निषेधाज्ञा साउन ७ सम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञालाई केही खुकुलो पार्दै साउन ७ सम्मका लागि लम्बाईएको हो ।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छन ।




















