बैतडी – बैतडीमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा साउन १५ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले थप खुकुलो पार्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन ।

थप गरिएको निषेधाज्ञाको समयमा पूर्ण सीटमा यात्रु राखेर जिल्लामा सार्वजनिक सवारी चलाउन पाईने भएको छ । यसअघि आधा सीटमा मात्रै सवारी राख्न पाईने व्यवस्था गरिएको थियो । अन्य मापदण्ड यसअघि जारी गरिएअनुसार हुने जनाईएको छ ।

















