खाेज्नुहाेस

व्यवसायीक कृषिका लागी कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

Image

कञ्चनपुर – कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ जना किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ ।

निर्देशनालयको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रम अन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो। किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, बताउने पङ्खा, रिपर, रोटाभेटर, हिले चक्का, सिड ड्रिल र डिस्क हेरोलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको छ ।

attariya hospital

किसानको मागअनुसार कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए । ‘कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६ को अनुसूची ५ मा रहेको मूल्याङ्कनका सूचकका आधारमा मूल्याङ्कन गरी किसानलाई यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराएका छौ’ उनले भने, ‘सहकारी, समूह, फार्म र व्यक्तिलाई अनुदान दिइएको छ ।’

यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराउनका लागि उपभोक्ताको किसिम, सामाजिक समावेशी, खेतीको व्यावसायिकता एवम् खेती गरिएको क्षेत्रफल, उपलब्ध भौतिक पूर्वाधार (सिँचाइ, सडक, विद्युत्) प्राङ्गारिक खेती गरिरहेको, माग गरिएका सामग्रीको उपयोग, उपभोक्ताको अनुभव र लाभान्वित परिवार संख्यालाई आधारका रूपमा लिइएको छ ।

navjiwan hospital

यन्त्र तथा उपकरणका लागि छनोटमा परेका किसानको अवस्थाका बारेमा जानकारी लिनका लागि अनुगमन गरी सम्झौताबमोजिम अनुदान रकम दिइएको छ । यसैगरी कैलालीका १९८ किसानलाई यान्त्रिकीकरणका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

‘कृषिमा यान्त्रिकीकरणलाई बढावा दिई प्रतिएकाइ उत्पादनमा वृद्धि तथा उत्पादन लागत घटाउने लक्ष्य लिएका छौ’ कार्यालय प्रमुख जोशीले भने, ‘युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण एंवम् प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षामा पहुँच पु¥याउनु प्रमुख ध्येय रहेको छ ।’

उनका अनुसार यसबाट स्वरोजगारका अवसरसमेत सिर्जना हुनेछन् । युवाहरुले स्वदेशमै रोजगार पाउनेछन । बालीअनुसार खेत तयारीदेखि चुटानीसम्म, खाद्यान्न बाली, तरकारी बाली र फलफूल उत्पादनमा यान्त्रिकीकरणको प्रयोग हुन थालेकाले श्रमसमेत निकै कम खर्च गर्नुपर्ने भएको छ ।

किसानले कम लागतमा बढी उत्पादन लिई आम्दानीमा बढोत्तरी हुन्छ ।

रासस