धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी भएको हात हालाहालको घटना मिलापत्र गरेर टुङ्गिएको छ । सुदूरपश्चिम सरकारले बादी समूदायका लागि छुट्ययाएको बजेटका बिषयमा भएको विवादलाई प्रहरीको रहोबरमा मिलापत्र गरिएको हो । आइतबार उमादेवी र मिठ्ठु वादीको समूहबीच कार्यालय अगाडी हात हालाहाल भएको थियो ।

विवादपछि वडा प्रहरी कार्यालय धनगढीमा दुवै पक्षबीच आगामी दिनमा बजेटको विषयलाई लिएर विवाद नगर्ने सहमति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उनीहरुलाई सहमति गराएर पठाइएको जानकारी दिए ।

सुदूरपश्चिम सरकारले बादी समुदायको वृत्तिविकास, सीपमूलक पेशा व्यवसाय प्रवर्द्धनका लागि छुट्याएको बजेटमा विवाद भएको थियो । प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि वादी समुदायको हक, हितमा काम गर्ने भन्दै तीन करोड बजेट छुट्याएपछि वादी उत्थान विकास समिति दुई समूहमा विभाजित भएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बादी समुदायको हक, हितमा काम गर्ने भन्दै तीन करोड बजेट छुट्याएको छ ।















