बैतडी – जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ काठमाण्डौंका पूर्व अध्यक्ष दानबहादुर चन्दको सहयोगमा जिल्ला अस्पततालाई दुई थान अक्सिजन कन्सन्ट्रेन्टर सहयोग गरिएको हो ।

जिल्ला अस्पताललाई १० लिटरका दुईथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जिल्ला अस्पातल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिएका छन ।

अहिले जिल्ला अस्पतालमा २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छन ।


















