खाेज्नुहाेस

सामाजिक सुरक्षा कोष विरुद्ध ४ दिन आन्दोलन गरिने 

Image

सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेका छन् । खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो ।

शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

attariya hospital
navjiwan hospital

घोषित कार्यक्रम अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरुमा हरेक दिन विहान १० बजेदेखि १०ः१५ सम्म संघको ब्यानदरमा कोषसँग असहमति किन भनेर ब्यानर प्रदर्शन हुने महासचिव खरेलले जनाए ।

साथै बैंक कर्मचारीहरुले हातमा कालोपट्टि बाधेर समेत विरोध प्रदर्शन गर्ने उनले जानकारी दिए । अहिले आर्थिक वर्षको अन्त्यको समय भएक कारण सांकेतिक रुपमामात्रै विरोध गर्ने कार्यक्रम रहेको उनले बताए ।

आफूहरुले उठाएका मागहरु अझै पुरा नभए थप आन्दोलनका कार्यक्रमहरु घोषणा हुने महासचिव खरेलको भनाई छ ।