खाेज्नुहाेस

टेलिकमद्धारा डोटीमा उच्चगतिको इन्टरनेट एफटीटीएच सेवा वितरण

Image

डोटी – पछिल्लो समय डोटी जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटीटीएच सेवा वितरण गर्न थालेको छ ।

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रूतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गर्न थालेको छ ।

attariya hospital

टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ ।

navjiwan hospital

जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा सेवा वितरण गरिएपछि अहिले अन्य बजारमा सेवा वितरण गर्ने कार्य शुरू गरिएको हो ।

यसअघि यो सेवा काठमाडौंमा मात्रै शुरु गएिको थियो । नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले केही महिना पहिले पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेसँगै अहिले आएर सेवा जोरायल–२ बुडर क्षेत्रमा विस्तार गर्न थालिएको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।

नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज समेत उपलब्ध गराइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

रासस