खाेज्नुहाेस

आवेदन नै नपरेपछि अत्तरिया बसपार्कको बोलपत्र रकम घटाइयो

Image

अत्तरिया – अत्तरिया बसपार्कको पार्किङ शुल्कका लागि गोदावरी नगरपालिकाले बोलपत्र रकम घटाएको छ । बसपार्कमा पार्किङ शुल्क बापतको रकम उठाउनका लागि नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ५० लाखको मात्रै बोलपत्र आह्वान गरेको हो ।

नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ मा ८८ लाख, २०७६/०७७ मा ९८ लाख ठेक्का मार्फत आम्दानी गरेको भएपनि चालु आर्थिक वर्षमा भने कसैले पनि बोलपत्रमा आवेदन दिएका थिएनन् । चालु आर्थिक बर्षमा बसपार्क ठेक्कामा नलागेपछि नगरपालिकाले आफैले कर्मचारी राखेर पार्किङ शुल्क उठाएको थियो ।

attariya hospital
navjiwan hospital

कोरोना महामारीका कारण लामो समय देखि बसपार्क बन्द रहेका कारण कसैले पनि आवेदन दिन चासो नदेखाएपछि यस बर्ष नगरपालिकाकाले न्यूनतम ठेक्का मुल्य घटाएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत देव राज जोशीले गत वर्ष ३ पटक सम्म पनि बोलपत्र आह्वान गर्दा कसैले पनि आवेदन नदिएपछि यसवर्ष न्यूनतम ठेक्का मूल्य घटाइएको बताए ।

८ वर्ष अगाडि क्षेत्रीय बसपार्क बनाउने अवधारण सहित निर्माण गरिएको अत्तरिया बसपार्क २०७५ साउन १ गते बाट गोदावरी नगरपालिकाको मातहतमा आएको थियो ।

बसपार्क निर्माणको चर्चा लामो समयदेखि हुँदै आएको भएपनि अहिले सम्म पनि व्यवस्थित रुपमा निर्माण हुन सकेको छैन ।