खाेज्नुहाेस

बाजुरामा अपांगता भएका साउँदलाई घरमै पुगेर नागरिकता दिईयो

Image

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–४ का ४१ वर्षीया टेक साउदलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । अपांगता भएका साउदलाई सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

navjiwan hospital

अपांगता भएका टेक साउद हिँड्डुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । अपांगता भएका छोरालाई घरमै सहायक सीडीओे पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुसी लागेको टेकका बुवा धनजिते साउदले बताए ।

attariya hospital

पाँच महिना पहिले जंगलमा घाँस काट्न गएको समयमा रूख ढलेर टेक साउदको ढाड भाँचिएको थियो । शारीरिक रूपमा अशक्त भएपछि वर्षात्मा बोकेर  सदरमुकाम लिन गाह्रो भएकाले सबै काजजातहरू जिल्ला प्रशासन कार्यालयमा इमेल गरेपछि सहायक प्रमुुख जिल्ला अधिकारीले घरमै आएर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको त्रिवेणी नगरपालिकाका–३ का वडाध्यक्ष मीनबहादुर भण्डारीले बताए ।